नेप्से परिसूचक २७ सय विन्दु नजिक
काठमाडौं, ३० चैत । यो साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से १७ अंकले बढेको छ । नेप्से परिसूचक १७. २० अंकले बढेर २६९१.५५ विन्दुमा पुगको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले बढेको छ ।
कारोबारमा आएका १३ समूह मध्ये ६ समूहको सूचक नकारात्मक छ । बाँकी ७ समूहको सूचक भने सकारात्मक छ । शेयर कारोबार पनि २ सय १६ कम्पनीको ७ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ बराबरको भएको छ । सबैभन्दा धेरै शेयर कारोबार एनआइसी एसिया बैंकको भएको छ। बैंकको २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस्तै सबैभन्दा धेरै कमाउनेमा एनआइसी एसिया लघुवित्त छ । यो सहित ७ कम्पनीको शेयर मूल्य सोमबार ९ प्रतिशतले बढेको छ । गुमाउनेमा भने साञ्जेल जलविद्युत कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य ४.४१ प्रतिशत तल झरेको छ ।
वर्ष २०७७ मा भोली (मंगलबार) मात्र शेयर कारोबार हुनेछ । चैत मसान्तको चटारोमा पनि नेप्सेले सकारात्मक संकेत देखाएकाले बजारप्रति लगानीकर्ताको मनोवल थप बढाउने अपेक्षा गरिएको छ।