सेन्चुरी बैंकद्वारा माक्स र स्यानिटाईजर वितरण
काठमाडौं, ३१ चैत । सेन्चुरी बैंक लिमिटेडको भक्तपुरस्थित सुकुलढोका शाखाले माक्स र स्यानिटाईजर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुकुलढोका शाखाका शाखा प्रमुख सुकेश शाक्यले माक्स एवं स्यानिटाईजर टौमढी युथ क्लबका अध्यक्ष शिवराम भुजुलाई हस्तान्तरण गरेका हुन् ।
नयाँ वर्ष २०७८ सालको पूर्व सन्ध्यामा भक्तपूर जिल्लामा मात्र लाग्ने ऐतिहासिक बिस्का जात्रामा कोरोनाको संभावित जोखिमलाई कम गर्ने उद्देश्यले बैंकको उक्त शाखाले खाने पानी, माक्स र स्यानिटाईजर वितरण गरेको बताएको छ ।