Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लक्ष्मी बैंकको १२८औं शाखा कास्कीको लेखनाथमा

लक्ष्मी बैंकको १२८औं शाखा कास्कीको लेखनाथमा

काठमाडौं, २ वैशाख । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२८औँैँ शाखा कास्कीको लेखनाथमा संचालनमा ल्याएकोे छ । पोखरा महानगरपालिकाको लेखनाथ (तालचोक)मा रहेको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्ट पुगेका छन् ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाइल फोन मार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x