नेप्से परिसूचक २६६१.९१ विन्दुमा झर्यो
काठमाडौं, ६ बैशाख । यो साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से ३७.५८ अंकले घटेर २६६१.९१ विन्दुमा झरेको छ। हिजो पनि नेप्सेमा ३५.८९ अंकको घटेको थियो ।
कारोबारमा आएका १३ समूह मध्ये हाइड्रोपावर र फाइनान्स बाहेक अरु सबै कम्पनीको परिसूचक घटेको छ। हाइड्रोपावर ३.१८ र फाइनान्स समूहको ६.१७ अंकले परिसूचक घटेको छ। यस्तै कारोबार पनि २ सय १३ कम्पनीको ६ अर्ब ७१ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यो दिन सबैभन्दा धेरै कमाउँने शीर्ष कम्पनीमा ज्योति लाइफ, महिला लघुवित्त र एनआरएन इन्फ्रास्टक्चर कम्पनी रहेका छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा चन्द्रागिरी हिल्स, सप्तकोशी विकास बैंक र आइएमई जनरल इन्स्योरेन्स कम्पनी रहेको छ ।
कारोबारका आधारमा भने सबैभन्दा अग्रस्थानमा नागरिक लगानी कोष र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी रहेको छ । कोषको २८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।