Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

भिटोनद्वारा ९ देशका १० जना प्रतिष्ठित व्यक्ति एम्बासडर र ब्राण्ड एम्बासडर छनोट

भिटोनद्वारा ९ देशका १० जना प्रतिष्ठित व्यक्ति एम्बासडर र ब्राण्ड एम्बासडर छनोट

काठमाडौं, ६ वैशाख । गाउँले पर्यटन–नेपाल (भिटोन)ले विभिन्न देशमा १० जना प्रतिष्ठित पर्यटन व्यवसायीहरुलाई एम्बासडर तथा ब्राण्ड एम्बासडर चयन गरेको छ । पर्यटन क्षेत्रमा लामो समयसम्म प्रतिष्ठित विदेशी नागरिकलाई भिटोनले सम्मान स्वरुप एम्बासडर तथा ब्राण्ड एम्बासडर चयन गरेको हो ।

संस्थाले थाइल्याण्डकी अफिनिता चइचाना मलेसियाका रविचन ड्रानथारुलाई ब्राण्ड एम्बासडर चयन गरेको हो । चइचाना थाइल्याण्डकी चर्चित समाजसेवी हुन् । उनले नेपालमा बुद्ध सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी नेपालको पर्यटन क्षेत्रलाई ठूलो योगदान दिएकी छिन् । मलेसियाका रविचन चर्चित हिमाल आरोही हुन् । उनले नेपालमा आएर हिमाल आरोहण गरेर नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु फैलाउँन मद्दत गरेका छन् ।

त्यस्तै बेल्जियमका रिता रोगिरर्स, डेनमार्कका री लुब्बेर्ट, चीनका कोलिन बाररी लावरेन्स, साउथ कोरियाका केन्नेथ हान, मेक्सिकोका अन्डेरा भेरा डुअर्टे, नेदरल्याण्डका कृष्ण गोपाल, भारतका प्रा।डा। दिनेश सबनिस र मलेसियाका डानिल चाई एम्बासडरको रुपमा चयन गरेको छ ।

उनीहरुलाई संस्थाले प्रदान गरेको उक्त सम्मान सम्भव भएसम्म उनीहरुको भौतिक उपस्थितिमा संस्थाका प्रमुख संरक्षक पूर्व उद्योग मन्त्री सुनिल बहादुर थापाद्वारा हस्तान्तरण गरिने कार्यक्रम रहेको गाउँले पर्यटन–नेपालका अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x