Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगानीदूतको रुपमा काम गरिदिनुहोस् : अर्थमन्त्री पौडेल

लगानीदूतको रुपमा काम गरिदिनुहोस् : अर्थमन्त्री पौडेल

काठमाडौं, ६ वैशाख । अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरुलाई विदेशी लगानी भित्र्याउँनका लागि सहयोग गर्न आग्रह गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा एनआरएन नेपाल डेभलपमेन्ट फण्डको स्थापनाको जानकारी दिन गैर आवासीय नेपाली संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपालको विकासमा एनआरएनहरुलाई विदेशी लगानी भित्र्याउँन सहयोग गर्न आग्रह गरेका हुन् ।

‘एनआरएनएका पदाधिकारीहरुले लगानीदूत भएर देशमा लगानी भित्र्याउँन सहयोग गरिदिनुहोस् ।’ उनले भने, ‘छरिएर रहेका नेपालीहरुको पैसालाई एकिकृत गरेर फण्ड स्थापना गर्ने प्रतिवद्धता त जानउँनु भयो, अब विदेशी लगानी पनि भित्र्याउँन सहयोग गर्नुप¥यो ।’

मन्त्री पौडेलले नेपालमा अब कुनै पनि द्वन्द्वको सम्भावना नभएको भन्दै विदेशी लगानी भित्र्याएर देशको विकासमा सहयोग गर्न पनि आब्हान गरे । ‘नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ । तपाईंहरुलाई काम गर्नका लागि सरकारले नीतिगत सुधारका काम गर्न मद्दत गर्छ । विदेशी लागानी भित्र्याउँन सहयोग गर्नुहोस् । तर, त्यस्तो लगानी कालोधन हुनु भएन, लगानी बैंकिङ च्यानलबाट आउँनु पर्याे र राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्नुपर्याे’, उनले भने ।

नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै मन्त्री पैडेलले ढुक्क भएर लगानी गरी प्रतिफल लिन पनि आग्रह गरे । नेपालमा धेरै लगानीका सम्भावना भएकाले त्यसको पहिचान गरी लगानी गरेर आर्थिक वृद्धि र रोजगारी सृजनामा सहयोग गर्न पनि उनले एनआरएनहरुलाई आग्रह गरे ।
उक्त कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष तथा एनआरएन नेपाल डेभलपमेन्ट फण्डका अध्यक्ष डा. उपेन्द्र महतोले विदेशीको लागनीले मात्र देश समृद्ध नहुने बताए । नेपाल नेपालीको लागनीले मात्र समृद्ध बनाउँने भएकाले छरिएर रहेको नेपालीको लगानी भित्र्याउँन सबैले सहयोग गर्नुपर्ने बताए ।

के हो एनआरएन नेपाल डेभलपमेन्ट फण्ड ?
वि.सं. २०७५ वैशाख ५ गते अर्थमन्त्रालय समक्ष गैरआवासीय नेपली संघले १० अर्ब रुपैयाँ लगानी भित्र्याउँने अठोटका साथ एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडको अवधारणापत्र प्रस्तुत गरिएको थियो । नेपाल सरकारसँगको सहकार्यमा स्थापना भएको उक्त फन्ड औपचारिक रुपमा सञ्चालनमा आएको आज घोषणा गरिएको छ । १० अर्ब अधिकृत पुँजी राखेर दर्ता भएको यो कम्पनीमा ५ प्रतिशत नेपाल सरकारको पनि शेयर हुने छ ।

कोषको अध्यक्षमा संघका संस्थापक अध्यक्ष तथा यो कोषको अवधारणा ल्याउने उपेन्द्र महोतो नियुक्त भइसकेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन् ।
संसारभर छरिएर रहेका नेपालीहरुले अहिले पनि नेपालमा व्यक्तिगतरुपमा लगानी गरिरहेपनि अब संस्थागक रुपमा नेपालमा लगानी बढाउन खोजिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । सन् २००७ मा १० अर्बको लक्ष्यसहितको कोषको अवधारण ल्याइएको भएपनि यसमा कुनै पनि सीमा नरहने पन्तको भनाइ छ ।

कम्तीमा १० अर्बको कोष बनाई नेपलको उद्यम, व्यवसाय र यातायात पूर्वाधार आदि क्षेत्रमा लागनी गर्ने कम्नपीको मूख्य उद्देश्य रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x