Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

मेलम्ची आयोजनाको पानी पूर्ण क्षमतामा प्रवाह

मेलम्ची आयोजनाको पानी पूर्ण क्षमतामा प्रवाह

काठमाडौं, ७ वैशाख । मेलम्ची आयोजनाको पानी काठमाडौं उपत्यकामा पूर्ण क्षमतामा आएको छ । आयोजनाको पानी वितरण शुरू भएको ३ सातामा वितरण प्रणालीमा दैनिक १७ करोड लिटर पानी आएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ ।

चैत १५ गते साढे ४ करोड पानी वितरण शुरू गरिएको थियो । क्रमशः क्षमता बढाउँदै आएको समितिले सोमवारदेखि पूर्ण क्षमतामा पानी आपूर्ति गराएको हो । उपत्यकामा मेलम्ची आयोजनाको १७ करोड लिटरबाहेक आन्तरिक स्रोत तथा डीप ट्युबेलबाट दैनिक ८ करोड लिटर पानी वितरण हुँदै आएको थियो ।

पानी पथान्तरणका लागि मुख्य पूर्वाधारको निर्माण सम्पन्न भएसँगै १० गत फागुनदेखि सुरुङ परीक्षण कार्य आरम्भ गरिएको थियो । परीक्षणको क्रममा २२ फागुन २०७७ मा सुन्दरीजलमा पानी आइपुगेको थियो । चैत १३ गतेबाट सुन्दरीजलमा प्रशोधन गरी आंशिक रूपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x