Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

सिटिजन्स बैंकको तेस्रो त्रैमाससम्ममा नाफा बढ्यो

सिटिजन्स बैंकको तेस्रो त्रैमाससम्ममा नाफा बढ्यो

काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफा वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष खुद नाफा ४१.६१ प्रतिशत बढी भएको हो । गत वर्ष १ अर्ब ९ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ उक्त नाफा गरेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीको शेयरधनीहरुका लागि लाभांशको रुपमा वितरण गर्न सकिने वितरणयोग्य नाफा भने १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ रहेको छ । यस त्रैमाससम्म कम्पनीले रेगुलेटरी रिजर्भमा ३ करोड १४ लाख ६८ हजार छुट्याएको छ ।

कम्पनीको गत वर्षभन्दा यस वर्ष सञ्चालन नाफा २९.३८ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ यो नाफा गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x