Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

७९ प्रतिशतले घट्यो अन्तरबैंक कारोबार

७९ प्रतिशतले घट्यो अन्तरबैंक कारोबार

काठमाडौं, ७ वैशाख । बैंक तथा वित्तीय संस्थाहरूबीचको कारोबार रकम ७९ प्रतिशतभन्दा धेरैले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरूको ५ खर्ब ९८ अर्ब ६१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक)को १ खर्ब ४६ अर्ब ७० करोड गरी कुल ७ खर्ब ४५ अर्ब ३१ करोडको अन्तर–बैंक कारोबार भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.४६ प्रतिशतले कम हो ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको १२ खर्ब २७ अर्ब ६३ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब १० अर्ब ५ करोड गरी कुल १३ खर्ब ३७ अर्ब ६८ करोड अन्तर बैंक कारोबार भएको थियो ।

अघिल्लो वर्षको फागुनमा ९१ दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.९७ प्रतिशत रहेकोमा २०७७ फागुनमा २.०३

प्रतिशत छ । यस्तै वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ फागुनमा ४.३५ प्रतिशत रहेकोमा २०७७ फागुनमा १.२६ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रूपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ फागुनमा १.२६ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x