Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन लक्ष्यभन्दा बढी

आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन लक्ष्यभन्दा बढी

विराटनगर, ९ वैशाख । आन्तरिक राजस्व कार्यालय विराटनगरले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले ५ अर्ब ९९ करोड पाँच लाख १६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा २२ करोड ९० लाख ९९ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जानकारी दिएको छ।

गएको आवको यसै अवधिमा सङ्कलित राजस्वभन्दा चालू आर्थिक वर्षमा १ अर्ब ३३ करोड १० लाख ९ हजार बढी राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको छ । कार्यालय प्रमुख सापकोटाले अन्तःशुल्कमा उल्लेखनीय प्रगति हुन नसके पनि समग्र राजस्व सङ्कलनमा प्रगति भएको र विस्तारै अन्तःशुल्क वृद्धि हुने सङ्केत देखिएको कार्यालय प्रमुख विमल सापकोटाले बताएको राससमा उल्लेख छ ।

कार्यालयले सो अवधिमा आयकरतर्फ रु दुई अर्ब ४३ करोड छ लाख ३४ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब ८७ करोड ६२ लाख ४५ हजार र अन्तःशुल्कतर्फ रु एक अर्ब ९१ करोड २७ लाख ३६ हजार सङ्कलन गरेको छ । सङ्कलित राजस्वमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १७० प्रतिशत र अन्तःशुल्कमा ६३ प्रतिशत प्रगति गरेको छ । अन्तःशुल्कमा गएको वर्षमा सो अवधिमा ४९ प्रतिशत मात्र प्रगति गरेको थियो ।

गएको वर्षमा सो अवधिमा कार्यालयले रु चार अर्ब ८८ करोड ८६ लाख छ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले सोही अवधिमा ६ अर्ब ८५ करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गएको वर्ष राजस्व सङ्कलन हुनुमा अन्तःशुल्कमा प्रगति कम देखिएको थियो । कोरोनाका कारण बन्दाबन्दी हुनु, विकास निर्माणको काम ठप्प हुनु र मदिराजन्य पदार्थको उत्पादन एवं बिक्री पनि न्यून देखिकाले अन्तःशुल्कबापत सङ्कलन हुने राजस्व कम भएको प्रमुख सापकोटाको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x