Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाली गलैचाको मुख्य बजार अमेरिका

नेपाली गलैचाको मुख्य बजार अमेरिका

युवराज पन्त
काठमाडौं, ४ चैत । केन्द्रिय गलैचा उद्योग संघका अनुसार नेपालमा उत्पादित अधिकांश गलैचा अमेरिका निर्यात हुने गरेको छ । संघका अनुसार हाल ५० प्रतिशत गलैचा अमेरिका निर्यात हुने गरेको छ । त्यसपछि क्रमश जर्मनी, अष्ट्रेलीया, स्वीडेन, क्यानडा लगायतका देशमा निर्यात भइरहेको छ ।

तर गलैचाका लागि चाहिने मुख्य कच्चा पदार्थ ऊन तिब्बतवाट आयात हुने गरेको छ । यसका अलवा नेपालकै पनि काठमाडौं, भक्तपुर, ललितपुरसाथै ताप्लेजुङ, संखुवासभा, हुम्ला, जुम्ला लगायतका ठाँउमा उत्पादन हुने गरेको अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । नेपालमा उत्पादित गलैचाको ९९ दशमलब ५ प्रतिशत विदेश निर्यात हुने र बाँकी शुन्य दशमलब ५ प्रतिशतमात्र नेपालमा उपभोग हुने गरेको शर्पाले बताए । नीजि क्षेत्रवाट २० अर्व लगानी भइसकेको यस गलैचा उद्योगमा १ लाख ५० हजारजति जनशक्ति प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संग्लन रहेको शर्पाले बताए । गलैचा निकाशिमा कुनै कर नलगाएको नेपाल सरकारले गलैचा ब्यावसायमा २ प्रतिशत अनुदान दिएको छ । जुन चीन र भारत सरकारले दिएको अनुदान भन्दा १३ प्रतिशत कम भएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x