प्रधानमन्त्री ओलीसँग एफएनसीसीआई र सीआईआईका अध्यक्षको भेट

काठमाडौं, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसंग नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा आएकी भारतीय उद्योग परिसंघ (सीआईआई) का अध्यक्ष सोबना कामिनेनी संयूक्त रुपमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल अव समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्षलाई आग्रह गरेका थिए । मुलुकको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै उनले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबाट नेपालमा भारतीय संयुक्त लगानी बढाउन नेतृत्वदायी भूमीका निर्वाह गर्न अनुरोध पनि गरे ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल–भारत लगानी सम्मेलनको गृहकार्य भैरहेको जानकारी गारउदै नेपालमा भारतीय लगानी विस्तारमा सो सम्मेलन महत्वपूर्ण हुने स्पष्ट पारिन ।त्यस्तै सीआईआईका अध्यक्ष कामिनेनीले नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्रपनि उत्साहित रहेको बताइन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *