Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

घरजग्गामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्यो

घरजग्गामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्यो

काठमाडौं, १२ वैशाख । रियल इस्टेट (घरजग्गा, व्यक्तिगत आवासीय घर समेत)मा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रमा १ खर्ब ७२ अर्ब ३४ करोडभन्दा बढी लगानी लगानी भएको छ, गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा ७.३ प्रतिशतले बढी हो । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १९ विकास बैंक र २० वटा वित्तीय संस्थाले सो परिमाणमा कर्जा लगानी गरेका हुन् ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा १ खर्ब ४८ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै विकास बैंकहरूले १७ अर्ब ३३ करोड र वित्तीय संस्थाहरुले ६ अर्ब ९१ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय कम्पनीहरूले घरजग्गाबाहेक छुट्टै व्यक्तिगत आवास शीर्षकमा भने २ खर्ब ७३ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरूको २ खर्ब २५ अर्ब ६० करोड, विकास बैंकहरूको ३९ अर्ब ६२ करोड र वित्त कम्पनीहरुको ८ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x