Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल बैंकले २ अर्ब २६ करोड खुद नाफा कमायो

नेपाल बैंकले २ अर्ब २६ करोड खुद नाफा कमायो

काठमाडौं, १३ वैशाख । चालु आर्थिक वर्ष २०७७–०७८ को तेस्रो त्रैमाससम्ममा नेपाल बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १३.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

हालसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड रुपैयाँ छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ६ करोड १९ लाख रुपैयाँ ऋणात्मक थियो ।  

यस्तै बैंकको खुद ब्याज आम्दानी ११.७५ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड ४० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २९.३२ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ७० रुपैयाँ २२ पैसा छ । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x