Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मध्य भोटेकोशीले आयोजना प्रभावितलाई वैशाख २१ गतेदेखि आइपीओ जारी गर्ने

मध्य भोटेकोशीले आयोजना प्रभावितलाई वैशाख २१ गतेदेखि आइपीओ जारी गर्ने

काठमाडौं, १३ वैशाख । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले यही वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १ करोड ५० लाख कित्ता शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल ६० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कुल कित्ता मध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं। (साविक लिस्ती गाविसं र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाहृविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्वरा गाविस)का वासिन्दाका लागि ३० प्रतिशतको दरको १८ लाख कित्ता र उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशतको दरले ४२ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

स्थानीयले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आईपीओ भर्न सक्ने छन् । आवेदनमा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सक्ने जनाइएको छ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशीको निर्माणाधीन यो आयोजनाको कुल विद्युत उत्पादन क्षमता १०२ मेगावाट हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x