Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, अत्यावश्यक बाहेकका सेवा बन्द हुने

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, अत्यावश्यक बाहेकका सेवा बन्द हुने

काठमाडौं, १३ वैशाख । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएको छ । कोभिड महामारी भयावह बन्दै गएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच सोमवार बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।


बैठक स्रोतका अनुसार वैशाख १६ देखि उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन्, जसअन्तर्गत सार्वजनिक एवं निजी सवारीसाधन सञ्चालनमा पनि रोक लगाइनेछ । एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका सवारीसाधन पनि चल्न पाउनेछन् । बैठकले अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल गर्न समेत रोक निषेध गर्ने निर्णय गरेको छ ।

उपभोक्ताको दिनचर्यालाई ध्यानमा राख्दै खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिनेछ। ‘होटल र रेष्टुरेन्टले होम डेलिभरी मात्र गर्न पाउनेछन् । यस्तैसरकारी कार्यालय खुल्नेछन् भने बैंक तथा वित्तीय संस्था क्षमताको आधा जनशक्ति राखेर सञ्चालन गर्न पाउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x