Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शेयर बजारमा आज पनि ६५.५८ अंकको गिरावट

शेयर बजारमा आज पनि ६५.५८ अंकको गिरावट

काठमाडौं, १३ वैशाख । यो साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक ६५.५८ अंकले घटेर १५०६.६१ विन्दुमा झरेको छ । कारोबारमा आएका १३ वटा समूह मध्ये सबै समूहको परिसूचक घटेपछि समग्रमा नेप्सेमा ठूलो अंकको गिरावट आएको हो ।

आइतबार पनि परिसूचक ७५.७९ अंकको थियो ।

पछिल्लो समय कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै शेयर बजारमा पनि त्यसको असर देखापरेको देखिन्छ ।

सोमबार कारोबार पनि २ सय २० कम्पनीको ६ अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसमा सबैभन्दा धेरै शेयर कारोबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भएको छ। कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै विशाल बजार कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतितशले बढेको छ । गुमाउने कम्पनीहरुको अग्रस्थानमा भने रिलायन्स फाइनान्स रहेको छ । यसको शेयर मूल्यमा ८.०६ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x