Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सीईडीबी हाइड्रोपावरले भोलीदेखि आइपीओ निष्काशन गर्ने

सीईडीबी हाइड्रोपावरले भोलीदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं, १६ वैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलीदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दैछ । कम्पनीको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार तीन सय ६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् एक लाख २५ हजार नौ सय ११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार नौ सय ५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

यसमा छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x