Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अत्यावश्यक बैंकिङ सेवाका लागि एनआईसी एशिया बैंकको ‘एकीकृत हेल्प डेस्क’ सेवा सञ्चालन

अत्यावश्यक बैंकिङ सेवाका लागि एनआईसी एशिया बैंकको ‘एकीकृत हेल्प डेस्क’ सेवा सञ्चालन

काठमाडौं, १६ वैशाख । निषेधाज्ञाको समयमा ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि एनआईसी एशिया बैंकले ‘एकीकृत हेल्प डेस्क’को सेवा सञ्चालन गरेको छ । असहज परिस्थितीमा ग्राहकको सुविधाका लागि बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो ।

बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकले बैंकको डिजिटल माध्यमहरू (मोबाइल÷इन्टरनेट बैंकिङ, वेबसाइट तथा ष्क्भचखभ) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्ने बैंकले बताएको छ । उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहकले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथाशीघ्र समाधान पाउने बैंकले उल्लेख गरेको छ । यसका लागि बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा फोन गर्न सकिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x