Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

निषेधाज्ञामा अनलाइनबाटै शेयर कारोबार हुने

निषेधाज्ञामा अनलाइनबाटै शेयर कारोबार हुने

काठमाडौं, १६ वैशाख । कोरोनाको दोस्रो लहर सुरु भएपछि संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकामा वैशाख आज (वैशाख १६ गतेदेखि) निषेधाज्ञा जारी गरेको छ, जुन् वैशाख ३० गतेसम्म लागू हुनेछ । निषेधाज्ञाकै बीच अन्य अत्यावश्यक सेवासँगै धितोपत्र बजार समेत खुला रहनेछ ।

शेयर कारोबार अनलाइनबाट गरिने भएकोले घरमै बसेर लगानीकर्ताले सेवा लिन सक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बताएको छ । त्यसका लागि ब्रोकर कम्पनीहरुलाई सीमित कर्मचारी राखेर सेवा दिन निर्देशन दिइएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । ‘नेपालमा अहिलेसम्म ९० प्रतिशतभन्दा बढीले अनलाइनबाट शेयर कारोबार गर्नका लागि युजर नेम र पासवर्ड लिएका छन् । सम्पूर्णले अब अनलाइनबाट नै शेयर कारोबार गर्दा राम्रो’, उनले भने, ‘कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ । हामीले भिडभाड नगर्न र नगराउँन ब्रोकर कम्पनीहरुलाई पनि भनेका छौं । नेप्सेले दिने सेवा कुनै पनि हालतमा बन्द हुँदैन ।’

त्यस्तै ब्रोकर कम्पनीहरुले पनि सकेसम्म भौतिक उपस्थितिलाई कम गर्नुपर्ने साउद बताउँछन् । नेप्सेमा बुझाउनुपर्ने कागजपत्र इमेलमार्फत उपलब्ध गराउन भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x