Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण ८५ प्रतिशत सम्पन्न

सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण ८५ प्रतिशत सम्पन्न

लमजुङ, २० वैशाख । सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुनदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाले बताएको छ ।

निर्माण कार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना साइट इञ्चार्ज रमेश सिग्देलको भनाइ छ । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको यस आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो हो । यस आयोजनाको हालसम्म २२७ मिटर ठाडो पाइप खन्ने काम सकिएको छ जसमा ३७ मिटर पाइप बिच्छ्याइसकेको छ ।

त्यस्तै, दुई हजार १०० मिटरको सुरुङको आधा काम सम्पन्न भइसकेको छ । एक हजार ४०० मिटर सुरुङको फिनिसिङ कार्य भइरहेको र आगामी पाँच÷६ दिनभित्र सम्पन्न हुने इन्चार्ज सिग्देलले बताएका छन् । एक हजार ६०० मिटरको सुरुङको समेत काम भइरहेको छ । यस सुरुङको ४२० मिटर सुरुङ खन्न बाँकी छ । आगामी जेठभित्र सुरुङ इनटेकको बाहिरी काम सम्पन्न हुने बताइएको छ ।

विविध कारणले निर्माण कार्यमा ढिलाइ भएपछि २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको छ । आयोजनाको कुल लागत आठ अर्ब ८० करोड छ, जसमा सानिमा बैंकको अगुवाइमा ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने (पिपिए) सम्झौता भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x