Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोरोना संक्रमणको दर हालसम्मकै उच्च, ७ हजार शय्या थपिँदै

कोरोना संक्रमणको दर हालसम्मकै उच्च, ७ हजार शय्या थपिँदै

काठमाडौं, २० वैशाख । मुलुकमा कोरोना संक्रमणको दर हालसम्मकै उच्च रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको छ, जुन गतवर्षको उच्चतम संक्रमितको संख्याभन्दा बढी हो । यसअघि गत कात्तिक ५ गते ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

संक्रमणको दर बढ्दै गएपछि सरकारले संक्रमित बिरामीको उपचारका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका ६ अस्पतालमा आइतवारदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिए ।

केही दिनयता लक्षणसहित संक्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा संक्रमितको उपचारका लागि शय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x