Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

संक्रमणबाट जोगिदै सेवा दिन डेभलपमेन्ट बैकर्स एसोसिएसनको आग्रह

संक्रमणबाट जोगिदै सेवा दिन डेभलपमेन्ट बैकर्स एसोसिएसनको आग्रह

काठमाडौं, २० वैशाख । नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनले कोरोना भाइरस संक्रमणबाट जोगिदै सेवा प्रवाह गर्न आग्रह गरेको छ । एसोसिएसनले हिजो एक निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रही सेवा प्रदान गर्न आग्रह गरेको हो ।

स्थानीय प्रशासनले बैंकिङ् सेवा समेत प्रवाह गर्न रोक लगाएको वा बैकल्पिक व्यवस्था गरेको भएमा सोही अनुसार गर्ने,स्थानीय प्रशासन र अन्य निकायहरुसंग आवश्यक समन्वयको व्यवस्था मिलाउने,
, प्रत्येक सदस्य बैंकले प्रधान कार्यालयमा र शाखाहरुमा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोकी उक्त सम्पर्क व्यक्तिको फोन नं. र इमेल आइडी बैंकको वेभसाइटमा प्रकाशित गर्ने निर्देशन दिएको छ।

यस्तै सदस्य बैंकले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरुको नाम, मोवाइल नं., इमेल आइडी आदि एसोसियसनको सचिवालयलाई उपलब्ध गराउन र डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न ग्राहकहरुलाई उत्प्रेरित गर्ने र उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट सो सम्बन्धी जानकारी ग्राहकलाई गराउन आग्रह गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x