Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अत्यावश्यक वस्तुको आपूर्ति नियमित, खाद्यान्न र इन्धन पर्याप्त मौज्दात

अत्यावश्यक वस्तुको आपूर्ति नियमित, खाद्यान्न र इन्धन पर्याप्त मौज्दात

काठमाडौं, २० वैशाख । नयाँ भेरियन्टसहितको कारोना संक्रमण बढ्दै गएपछि मुलुकका अधिकांश जिल्लामा हाल निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार आइतवार बिहानसम्ममा ४१ जिल्लामा निषेज्ञाज्ञा लागू गरिएको छ भने कतिपय जिल्लामा निषेधाज्ञा लगाउने तयारी भइरहेको छ । यसले सामान्य जनजीवनदेखि आर्थिक व्यावसायिक गतिविधि प्रभावित भएका छन् । यद्यपि अत्यावश्यक वस्तुको आपूर्ति भने नियमित नै भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार अत्यावश्यक खाद्यवस्तु अन्तर्गत चामलेको मौज्दात हाल (आइतवारको तथ्यांक अनुसार) १ लाख ६ हजार ७८३ क्विन्टल रहेको छ । धान १ लाख ८३ हजार क्विन्टल, गहुँ ४ हजार ३८८ क्विन्टल गरी कुल खाद्यान्न मौज्दात २ लाख ९४ हजार २३४ क्विन्टल रहेको छ ।

यसैगरी आयोडिन युक्त नून १ लाख ५२ हजार १८४ हजार मेट्रिक टन, चिनी (साल्ट्र टे«डिङ कर्पोरेशन र निजीक्षेत्रसँग गरी) ५० हजार ९२५ मेट्रिक टन मौज्दात रहेको छ । यसैगरी नेपाल आयल निगमसँग ४८ हजार २४५ किलोलिटर मौज्दात रहेको र निगमबाट यस महिना खाना पकाउने ग्यास ४६ हजार ३३२ मेट्रिक टन वितरण भएकाले उपभोक्ता आपूर्तिमा समस्या नहुने मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x