Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोनाले १२औं जनगणना प्रभावित

कोरोनाले १२औं जनगणना प्रभावित

काठमाडौं, २० वैशाख । कोरोना संक्रमणले १२औं जनगणना प्रभावित भएको छ । केन्द्रिय तथ्यांक विभागले २६ वैशाखदेखि सुरु गर्ने कार्यतालिका बनाएको जनगणना कार्यक्रम स्थगित गरेको हो ।

कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अहिले जनगणना कार्यक्रम सञ्चालन गर्न नसकिने भन्दै विभागले अर्को सूचना नआएसम्मका लागि कार्यक्रमहरू स्थगित गरेको हो ।

गणना यो पटक दुई चरणमा गर्ने तयारी गरेको थियो । पहिलो चरणमा २६ वैशाखदेखि १४ जेठसम्म कार्यतालिका बनाइएको थियो भने दोस्रो चरणमा आगामी २५ जेठदेखि ८ असारसम्मको कार्यातालिका बनाएको थियो ।

प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घर र घरसम्बन्धी विवरण, परिवारका सदस्य संख्या, परिवारको कृषिसम्बन्धी ऋण, बैंक खाता, सरकारी अनुदान, घर निर्माणसम्बन्धी विवरण संकलन गरिने कार्यक्रम रहेकाले त्यो अहिले सम्भावन रहेको प्रवक्ता तीर्थ राज चौलागाईंले जानकारी दिए ।

नेपालमा हरेक १०–१० वर्षमा जनगणना गरिदै आईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x