Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निजीक्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि

निजीक्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि

काठमाडौं, २१ साउन । निजीक्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । सोसम्बन्धी सूचना सोमवार नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार पु¥याइने घोषणा गरेका थिए

प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमवार राजपत्रमा प्रकाशन गरेको हो । वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ, जसअनुसार ९ हजार ३८५ आधारभूत पारिश्रमिक र ५ हजार ५१६ महँगी भत्ता गरी मासिक १५ हजार रुपैयाँ हुनेछ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक १३ हजार ४५० थियो ।

मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक ३६१ र दैनिक महँगी भत्ता २१६ गरी दैनिक ५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा ७७ रुपैयाँ तोकेको छ । यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो ।

उक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदानलगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिएका छन् ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले एकपक्षीय रूपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन् । श्रम ऐन, २०७४ मा प्रत्येक दुई–दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x