Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सोमबार नेप्से घटेपनि ७ अर्ब ५२ करोडको शेयर कारोबार

सोमबार नेप्से घटेपनि  ७ अर्ब ५२ करोडको शेयर कारोबार

काठमाडौं, २० वैशाख । यो साताको पहिलो कारोबार दिन हिजो ५४ अंकले बढेको सेयर बजार आज भने १२.३५ अंकले घटेर परिसूचक २६५२ विन्दुमा झरेको छ। नेप्से घटेपनि कारोबार भने २ सय १६ कम्पनीको ७ अर्ब ५२ करोड ९२ लाख रुपैयाँको भएको छ। हिजो यस्तो कारोबार रकम ७ अर्ब ३६ करोड रुपैयाँ मात्र थियो ।

कारोबारमा आएका १३ समूह मध्ये माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स ६९ र इन्भेष्टमेन्ट ०.४९ अंकले मात्र बढेको छ ।

यस्तै आज सबैभन्दा धेरै शेयर कारोबार अपि पावर कम्पनीको भएको छ । यो कम्पनीको ३९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कमाउने कम्पनीहरुको अग्रस्थानमा भने विशाल बजार कम्पनी रहेको छ। कम्पनीको शेयर मूल्यमा आज ९.९९ प्रतिशतको बृद्धि छ भने गुमाउने कम्पनीहरुको अग्रस्थानमा हिमालयन उर्जा विकास कम्पनी रहेको छ । यो कम्पनीको शेयर मूल्यमा भने ३.३२ प्रतिशतको गिरावट छ ।

सरकारको कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई लागू गरेपछि शेयर कारोबार पूर्णरुपमा अनलाइनबाट भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x