Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कारोबार घट्यो, नेप्से सूचक बढ्यो

कारोबार घट्यो, नेप्से सूचक बढ्यो

काठमाडौं, २६ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आएको छ। सोमबार परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ विन्दुमा पुगेको छ ।

यो साताको पहिलो कारोबार दिन आइतबार नेप्से १८.५६ अंकले घटेको थियो ।

सोमबार कारोबारमा आएका १३ समूह मध्ये सबै समूहमा सुधार आएपछि नेप्सेमा सुधार आएको हो । नेप्से बढेको दिन कारोबार भने कम छ । २ सय १८ कम्पनीको ४ अर्ब २० करोड रुपैयाँको मात्र शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ। यो कम्पनीको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आइतबार ६ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यस्तै सोमबार सबैभन्दा धेरै कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने गुमाउनेमा विशाल बजार कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतितशले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x