Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोभिडकै बीच एक वर्षमा ११७ प्रतिशतले बढ्यो शेयर बजार

कोभिडकै बीच एक वर्षमा ११७ प्रतिशतले बढ्यो शेयर बजार

काठमाडौं, २७ वैशाख । कोभिड–१९ को महामारीका कारण मुलुकको अधिकांश आर्थिक, व्यावसायिक तथा औद्योगिक गतिविधि पुरानै लयमा फर्किन नसकिरहेकोमा पूँजीबजारले भने उत्साहजनक फड्को मारेको छ । महामारीका कारण अन्य क्षेत्र प्रभावित हुँदा लगानीकर्ता शेयर बजारमा आकर्षित भए, जसले गर्दा एक वर्ष अवधिमा बजार पूँजीकरण तथा शेयर बजार परिसूचक दुवै उच्च अंकले बढको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकले नेप्से सूचकांक गतवर्षको सोही अवधिको तुलनामा ११६.९ प्रतिशतले बढेर २७१४.७९ पुगेको छ । गतवर्षको चैत मसान्तमा उक्त सूचकांक १२५१.५ रहेको थियो ।

यसैगरी धितोपत्र बजार पूँजीकरण वार्षिक बिन्दुगत आधारमा १३४.९ प्रतिशतले वृद्धि भई २०७७ चैत मसान्तमा ३७ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । गतवर्षको चैत मसान्तमा बजार पुँजीकरण १६ खर्ब अर्ब २० करोड रुपैयाँ रहेको थियो । चालू आवको फागुन मसान्तसम्ममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको छ । गत आवको सोही अवधिमा यो संख्या २१२ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x