Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

वर्षमान पुन भन्छन्, ‘१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन न्यूनतम लक्ष्य’

वर्षमान पुन भन्छन्, ‘१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन न्यूनतम लक्ष्य’

काठमाडौं, ७ चैत्र । नवनियुक्त जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन सरकारको न्यूनतम लक्ष्य रहेको बताएका छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले दश वर्षमा न्यूनतम माग नै १० हजार मेगावाट हुने गरी विद्युत् खपत बढाउन पेट्रोलियमको सट्टा विद्युतीय सवारी प्रवद्र्धन गर्ने, खाना पकाउने ग्यासको सट्टा इन्डक्सन हिटर विद्युतीय अप्लायन्सहरुको प्रयोग बढाउने योजना सुनाए ।
विद्युत आयोजनाहरुमा हुने ढिलाईप्रति रोष राख्दै मन्त्री पुनले भने उर्जा परियोजनाहरुमा ढिलाई र विचौलियाहरुको चलखेलमा मन्त्रालय खरो ढंगमा प्रस्तुत हुने बताए । उनले जलस्रोतको समुचित व्यवस्थापनबाट देशले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्नेतर्फ मुखरित हुने बताए । सिंचाई आयोजनाहरुको कार्यान्वयनमा तीव्रता दिएर आयोजना समयमा सम्पन्न गरी कृषि उत्पादन दोब्बर बनाउन सकिने धारणा राखेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x