आइतबार तोलामा ९०० बढ्यो सुनको मूल्य
काठमाडौं, २ जेठ । स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्य ९०० रुपैयाँ वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँका कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३५० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।