Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्र बैंकले १३ अर्ब ७४ करोडको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले १३ अर्ब ७४ करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४ रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

भोली जारी हुने ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । ९१ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ १ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनको लागि ९ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक ३० गते परिपक्व हुनेछ भने १ वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ जेठ ३ गते परिपक्व हुनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x