Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुल संक्रमितको ४६% कामपामै, परीक्षण गरिएकामध्ये ७०% मा संक्रमण

कुल संक्रमितको ४६% कामपामै, परीक्षण गरिएकामध्ये ७०% मा संक्रमण

काठमाडौं, ३ जेठ । कोरोना महामारी शुरू भएयता हालसम्म देशभर संक्रमित भएकामध्ये ४६ प्रतिशतभन्दा बढी काठमाडौं महानगरपालिका (कामपा)मा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवारसम्ममा मुलुकमा १ लाख १० हजार २६३ जनामा कोभिड संक्रमणा भएको छ । यसमध्ये कामपामै ५१ हजार ५१ हजार ४१२ जना संक्रमित भएको कामपा जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ, जुन कुल संक्रमितको ४६.६३ प्रतिशत हो ।

महाशाखाको तथ्यांक अनुसार कामपामा १० हजार ८०१ सक्रिय संक्रमित छन् । सबैभन्दा बढी वडा नं ३२ मा चार हजार ७५५ रहेको छ भने सबैभन्दा कम वडा १८ मा २०७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी हालसम्म ४० हजार २३६ जना यस रोगबाट मुक्त भएका छन् । कोरोना संक्रमणकै कारण ३४५ ले ज्यान गुमाएका छन् ।

कामपामा हाल रहेका संक्रमितमध्ये १० हजार १८१ होम आइसोलेशनमा छन् भने ११४ जना संस्थागत आइसोलेशनमा र ५०६ ले अस्पतालमा उपचार गराइरहेको महाशाखाले जानकारी दिएको छ ।

कोभिड–१९ को संक्रमण बढ्न थालेपछि पछिल्लो समय कामपामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको तथ्यांकले देखाएको छ । कामपाका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको महाशाखाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x