Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआइसी एशिया बैंकले डिजिटल कारोबार गर्ने ग्राहकलाई क्यास ब्याक दिने

एनआइसी एशिया बैंकले डिजिटल कारोबार गर्ने ग्राहकलाई क्यास ब्याक दिने

काठमाडौं, ३ जेठ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न ‘उत्तरदायी बनौं, मो बैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ । यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम एक सय रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने जनाएको छ।

बैंकले कोरोना संक्रमणबाट जोगिदै कारोबार गराउन यो योजना ल्याएको जनाएको छ । योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम ५ सय रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन् । यो योजना जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x