Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सोमबार ९ अर्ब ५७ करोडको शेयर कारोबार

सोमबार ९ अर्ब ५७ करोडको शेयर कारोबार

काठमाडौं, ३ जेठ । सोमबार पनि शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुगेको छ ।

सोमबार कारोबारमा आएका १३ समूह मध्ये पर्यटन तथा होटल, विकास बैंक र उत्पादन तथा प्रशोधन समूह बाहेक अरु सबै समूहको सूचक सकारात्मक छ । कारोबार पनि २ सय १८ कम्पनीको ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँको भएको छ। यो कारोबार रकम भने आइतबारको तुलनामा कम हो । आइतबार १० अर्ब ४० करोडको कारोबार भएको थियो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भए यता शेयर कारोबार अनलाईन मार्फत भइरहेको छ । निषेधाज्ञाले लगानीका क्षेत्रहरु खुम्चिदा अधिकांश लगानीकर्ताहरु शेयर बजारमा आकर्षित भएकाले पनि कारोबार बढेको हो ।

यस्तै सोमबारको कारोबारमा सबैभन्दा धेरै हिस्सा नेपाल पुनर्बीमा कम्पनीको छ। कम्पनीको ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यो दिन रुरु जलविद्युत परियोजनाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x