Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

चौधरी फाउन्डेसन, नबिल बैंक र बीर अस्पतालबीच अक्सिजनसहितका बेड स्थापना गर्ने सम्झौता

चौधरी फाउन्डेसन, नबिल बैंक र बीर अस्पतालबीच अक्सिजनसहितका बेड स्थापना गर्ने सम्झौता

काठमाडौं, ४ जेठ । चौधरी फाउन्डेसनले बीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) सँग सम्झौता गरेको छ । बीर अस्पतालमा आयोजित एक कार्यक्रममा मंगलबार चौधरी फाउण्डेसको तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै नबिल बैंकले पनि बीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सम्झौता गरेको छ । यो सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र प्रतिष्ठानका उपकलपति शाहले नै हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै बीर अस्पतालको नयाँ भवनमा कोभिडका बिरामीहरुको उपचारमा सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत शाहले बताए । बैंकहरुको यो कार्यमा चौधरी गु्रपलगायत सम्पूर्ण लगानीकर्ता र कर्मचारीको महत्वपूर्ण योगदान रहेको उनको भनाई छ ।

सरकारले बीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । बीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउँन निजी क्षेत्रसँग यस्तो पहल गरिएको अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर÷प्रतिघण्टा रहने प्रतिष्ठानका उपकुलपति शाहले बताए । यसअनसुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । यो अक्सिजन प्लान्टले २४ घण्टामा २४० सिलिण्डर अक्सिजनको काम गर्ने शाहको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x