Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयर बजारले तोड्यो रेकर्ड, हालसम्मकै सर्वाधिक मूल्यको कारोबारसँगै परिसूचक उच्च विन्दुमा

शेयर बजारले तोड्यो रेकर्ड, हालसम्मकै सर्वाधिक मूल्यको कारोबारसँगै परिसूचक उच्च विन्दुमा

काठमाडौं, ४ जेठ । नेपालको शेयर बजारमा मंगलबार (आज) कारोबार रकमसँगै परिसूचकले पनि रेकर्ड तोडेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको छ भने कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज २८०० विन्दु नजिक पुगेर बजार बन्द भएको छ ।

नेप्से परिसूचक ३४.६८ अंकले वृद्धि भएर २७९३.८९ विन्दुमा बन्द भएको हो । त्यस्तै कारोबार रकम पनि हालसम्मकै उच्च भएको छ । गत आइतबरा १० अर्ब ४० अर्बको सबैभन्दा बढी कारोबार भएको दिनको रेकर्ड बनाएको बजारले आज ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।

यस अघि जेठ २ गते आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो भने माघ २६ गते पनि १० अर्ब १७ करोड र फागुन ४ गते १० अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । आज सर्वाधिक ११ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x