Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले व्यवसायी मारमा

बाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले व्यवसायी मारमा

मानमती पाण्डेय
काठमाडौं, ७ चैत । राज्यले खुल्ला बजारअर्थनिति आलम्बन गरेको तीन दशक पुग्न लागिसकेको छ । तर सुनचाँदी व्यवसायीहरुले भने अझै पनि आफुहरु सरकार नियन्त्रित अर्थनितिबाट पिडीत हुनुपरेको गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार २० किलो कोटाका दरमा बाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउछन् । राज्यले आयात गर्ने अधिकार बैंकलाई मात्र दिदाँ सुनचाँदी व्यवसायीहरु समस्यामा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले बताए ।

बैंकले आफ्नो कार्यअवधी समयमा भित्र मात्र काम गर्ने हुँदा शुक्रबार, शनिबार र आइतबार बजारमा सुनको सप्लाइ नहुदा बजारमा सुनको अभाव हुने गरेको उनले बताए । आयातमा भएको एकाधिकार नै व्यवसायको मुख्य समस्या बताउदै उनले सुनको कोटा सिस्टम अन्त्य गरि निजी व्यवसायीहरुले पनि खुल्ला आयात गर्न पाउनु पर्ने कुरामा शाक्यको जोड थियो । हाल नेपालमा बार्षिक ५० देखि ६० अर्ब रुपैयाँ सुनचाँदीको माग भएपनि हाल ३० देखि ४० अर्ब रुपैयाँको मात्र आयात हुने गर्दछ । व्यवसायलाई मर्यादित बनाउन नयाँ सरकार निमार्णसंगै यसका लागि अनुकुल बन्नेमा व्यवसायीहरु विश्स्त छन् ।

नेपालमा २० हजार भन्दा बढि सुनचाँदी पसलहरु रहेका छन् भने काठमाण्डौ उपत्यकामा मात्रै १२ हजारको हाराहारीमा सुनचाँदीका पसल छन् । त्यस्तै नेपालको कुल जनसंख्याको कुल ५ लाख भन्दा बढि मानिसहरु यस व्यवसायमा आश्रित छन् । यसले बाषर््िाक १३ अर्ब रुपैयाँ सरकारलाई राजस्व बुझाउने गरेको छ।शाक्यका अनुसार देशको अर्थतन्त्रमा प्रत्येक नेपालीको घरमा भएको सम्पतीको मुल्याङ्कन गर्न र मुलुकको तरलता सन्तुलन गर्न पनि सुनचाँदी व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । सुनचाँदी व्यवसायले ठुलो बजार क्षेत्र ओगट्ने भए पनि सरकारले यस प्रति ध्यान नदिएको गुनासो व्यवसायीहरुको छ । यस सम्बन्धी स्पस्ट निति नहुनुले यो पेसा अमर्यादित बन्दै गएको पूर्वअध्यक्ष शाक्यले बताए । सुन युनिर्भसर्ल करेन्सी भएकाले पुरानो ऐन संसोधन गरी सुन चादिलाइ नगद सरहको मान्यता दिनुपर्ने आवश्यकता औल्याइएको छ ।

न्युनतम २४ लाखमा सुरुगर्न सकिने यो व्यवसायमा पैसा भन्दा क्षमता र दक्षतको बढि आवस्यकता देखिन्छ । अहिले यस क्षेत्रमा दक्ष नेपाली कालीगडको अभाव खड्किएको छ । नयाँ र आधुनिक डिजाइनका गहनाहरुको बढ्दो मागका कारण विदेशी कालीगडको बाहुल्यता भएको व्यवसायीहरुको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x