Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

८९ हजार ८ सय ७९ ऋणीले करिब साढे १ खर्ब सहुलितपूर्ण कर्जा लिए

८९ हजार ८ सय ७९ ऋणीले करिब साढे १ खर्ब सहुलितपूर्ण कर्जा लिए

काठमाडौं, ५ जेठ । ८९ हजार ८ सय ७९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार उनीहरुले १ खर्ब ४२ अर्ब २ करोड रुपैयाँ कर्जा लिएका छन् । राष्ट्र बैंकले उद्यमशीलता विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले यो कर्जा कार्यान्वयनमा ल्याइएको हो ।

त्यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४२ हजार ४ सय ४७ ऋणीले ९६ अर्ब ६० करोड रुपैयाँ कर्जा लिएका छन् भने महिला उद्यमशील कर्जा अन्तर्गत ४५ हजार १ सय २८ महिला उद्यमीले ४२ अर्ब १६ करोड रुपैयाँ कर्जा लिएका छन् । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ४ ऋणीले ३ अर्ब २६ करोड रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले ल्याइएको पुनरकर्जा अन्तर्गत पनि चैत मसान्तमा १ खर्ब २३ अर्ब १४ करोड रुपैयाँ लगानी भएको छ। पुनरकर्जा कार्यविधि, २०७७ बमोजिम २०७७ चैत मसान्तसम्ममा ग्राहक मूल्यांकनमा आधारित पुनरकर्जा ३ सय १० ऋणीले ४३ अर्ब १९ करोड र एकमुष्ठ प्रदान गरिने पुनरकर्जा ४८ हजार ५ सय ५० ऋणीले ९२ अर्ब ३८ करोड र लघुवित्त वित्तीय संस्थामार्फत एकमुष्ठ प्रदान गरिने पुनरकर्जा १० अर्ब २३ करोड रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x