मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ्ग सेवा
काठमाडौं, ७ जेठ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुबारे सजिलै जानकारी लिन सक्नेछन् । निक्षेपसंग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जासंग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।