हेलिकोप्टरको नयाँ भाडादर सार्वजनिक

काठमाडौं, ७ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरको नयाँ भाडा तय गरेको छ। २०७२ सालमा तय गरेको भाडा परिमार्जन गर्दै प्राधिकरणले नयाँ भाडा तय गरेको हो।

कोरोना भाइरसको महामारीलाई मध्यनजर राख्दै भाडा घटाइएको प्राधिकरणले जनाएको छ। नयाँ भाडा अनुसार आर–४४/आर–४६को भाडा प्रतिघण्टा १ हजार डलर र एएस ३५० बी सिरिजर /एफएक्सर/ बेल २०६को भाडा प्रतिघण्टा १ हजार २ सय डलर कायम गरिएको छ। यसअघि १ हजार ५ सय र १ हजार ६ सय डलर थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *