Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

शेयर बजारबारे भ्रामक अभिव्यक्ति नदिन बोर्डको निर्देशन

शेयर बजारबारे भ्रामक अभिव्यक्ति नदिन बोर्डको निर्देशन

काठमाडौं, ७ जेठ । नेपाल धितोपत्र बोर्डले शेयर बजारबारे जथाभावी अभिव्यक्ति नदिन निर्देशन दिएको छ । कुनै व्यक्ति तथा संस्थाले सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुबाट शेयर बजार घट्ने वा बढ्ने तथा कुनै शेयर किन्न वा बिक्री गर्नका लागि उत्साहित गर्ने गरेको भन्दै त्यस्तो नगर्न बोर्डले निर्देशन दिएको हो ।

यस्तै अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति समेत नदिने बोर्डले भनेको छ । जथाभावी टिकाटिप्पणी गर्दा बजारको स्वतन्त्ररुपले सञ्चालन हुने व्यवस्थालाई समेत प्रभावित बनाउने बोर्डको तर्क छ । धितोपत्र सम्बन्धी ऐन २०६३ ले पनि कसैलाई प्रभावित पार्ने हिसाबले अभिव्यक्ति दिन नपाइने समेत बोर्डले स्मरण गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *