कोभिड सम्बन्धि सामाग्रीको भन्सार जाँचपास छिटो गर्न कार्यविधि जारी
काठमाडौं, ७ जेठ । भन्सार विभागले विदेशबाट कोभिड–१९ विरुद्ध आउने सामाग्रीको छिटो जाँचपास गर्न कार्यविधि जारी गरेको छ। महामारी नियन्त्रणका लागि आउने स्वास्थ्य उपचार सामाग्री र उपकरण तथा मेसिनहरुको छिटो जाँचपास गराउन कार्यविधि, २०७८ जारी गरेको हो।
यो कार्यविधि आजैदेखि लागु हुने जनाइएको छ। यो कार्यविधि अनुसार कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँगसम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई छिटो बनाईने छ। यो कार्यविधिलाई विभागका महानिर्देशकले जुनसुकै समयमा खारेज गर्न सक्नेछन्।
सरकारले कोभिडको उपचारलाई प्रमुख प्राथमिकतामा राखी विभिन्न मालवस्तको पैठारीमा महसलु समेत छुट दिने निर्णय गरिसकेको छ ।