Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरोना संकटसँग जुद्धन नेपाललाई स्वीट्जरल्याण्डको ९४ करोड बराबरको सहयोग

कोरोना संकटसँग जुद्धन नेपाललाई स्वीट्जरल्याण्डको ९४ करोड बराबरको सहयोग

काठमाडौं, ८ जेठ । नेपाललाई कोरोना संकटसँग जुद्धन स्वीट्जरल्याण्डले ९४ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ । स्वीट्जरल्याण्डबाट स्वास्थ्य सामग्रीसहितको कार्गो विमान शनिबार काठमाडौंमा अवतरण गरेको छ ।

स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन । स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्‍यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन ९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।

नेपाल सरकारलाई सामग्री हस्तान्तरण गर्दै राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग उभिने बताइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x