Shangrila

नेकोले १६.३२ प्रतिशत लाभांश दिने

काठमाडौं, १० जेठ । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा १५.५ प्रतिशत बोनस शेयर र ०.८२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ता गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। लाभांश वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश गरिने छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *