Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

महालक्ष्मी विकास बैंकद्वारा ‘वैभब बचत खाता’ सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा ‘वैभब बचत खाता’ सञ्चालनमा

काठमाडौं, १० जेठ । महालक्ष्मी विकास बैंकले २७ औं वार्षिक उत्सवको अवसर पारेर वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकको कुनैपनि शाखा कार्यालयबाट ग्राहकले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ।

उच्चतम प्रतिफल प्राप्तगर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागि शत् प्रतिशत छुट प्रदान गरिएको बैंकले जनाएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिश छुट दिनुका साथै कनेक्ट आइपीएसको पनि सुविधा रहेको बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x