Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

शेयर कारोबार रकममा नयाँ रेकर्ड, एकै दिन १३ अर्ब १७ करोडको कारोबार

शेयर कारोबार रकममा नयाँ रेकर्ड, एकै दिन १३ अर्ब १७ करोडको कारोबार

काठमाडौं, १० जेठ । यो साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार परिसूचक नेप्से झिनो अंकले मात्र बढेर बन्द भएको छ । नेप्से ३. ०७ अंकले बढेर २८२३.०६ विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका १३ समूहमा ५ समूहको सूचक बढेपनि बाँकी अरु सबै घटेको छ ।

यस्तै परिसूचक थोरै मात्र बढेपनि कारोबार भने उत्साहजन छ । आज २ सय १६ कम्पनीको १३ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो हालसम्मकै धेरै हो । त्यसमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हिस्सा सबैभन्दा धेरै छ । यो कम्पनीको १ अर्ब २६ करोड रुपैयाँ बढीको शेयर काराबार भएको छ। दोस्रोमा नेको इन्स्योरेन्स छ । यसको पनि ३७ करोड रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय वित्तीय प्रणालीमा रहेको अधिक तरलता, सस्तो ब्याजदर र कोरोना संक्रमणले अन्य लगानीका क्षेत्रहरु खुम्चिदा शेयर बजारमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

यस्तै आज सबैभन्दा धेरै शेयर मूल्य बढ्ने कम्पनीमा बरुण हाइड्रोपावर छ । यो कम्पनीको शेयर मूल्यमा ९.९५ प्रतिशतको बृद्धि भएको छ भने दोस्रोमा युनाइटेड इदी मर्दी छ । सबैभन्दा धेरै गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । बैंकको शेयर मूल्यमा भने ४.६२ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x