Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआईसी एशियाको प्रिपेड डलर कार्ड अनलाइनबाटै लिन सकिने

एनआईसी एशियाको प्रिपेड डलर कार्ड अनलाइनबाटै लिन सकिने

काठमाडौं, १२ जेठ । एनआईसी एशिया बैंकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाइएको छ ।

यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मोबैंक) एपमा रहेको आईसर्भ प्लेटफर्ममार्फत उपभोग गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका ग्राहकले बैंकको सेल्फ हेल्प बैंकिङ्ग प्लेटफर्म आईसर्भभित्र कार्ड सर्भिसेस्मा क्लिक गरी डलर कार्ड रिक्वेष्टमा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । उक्त विवरण भरेपछि ग्राहक महानुभावको मोबाइल नम्बरमा ओटीपी प्राप्त हुने र उक्त ओटीपी राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सक्नेछन् । त्यसपछि ग्राहकले आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ । यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएस मार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x