Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नगरकोटको क्लब हिमालय होटल संचालनको २५ औं वर्षमा

नगरकोटको क्लब हिमालय होटल संचालनको २५ औं वर्षमा

काठमाडौं, १२ जेठ । भक्तपुरको नगरकोट स्थित क्लब हिमालय रिसोर्टले संचालनको २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यकारूपमा विकास हुन थालेको शुरुवाती दिनदेखिकै सेवा सुरु गरेको रिर्सोट होटल एस होटल समूहले संचालन गर्दै आएको छ।

आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटको पर्यटन विकासमा समेत क्लव हिमालयले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ । यो रिसोर्ट सन् १९९६ मे १४ मा ‘बुद्ध जयन्तीको दिन’ पारेर संचालनमा आएको थियो। त्यतिखेर रिसोर्टको उद्घाटन तत्कालिन पर्यटनमन्त्री चक्र बास्तोलाले गरेका थिए।

समुद्र सतहदेखि सात हजार दुई सय फीटको उचाईमा रहेको रिसोर्ट काठमाडौंदेखि ३२ किलोमिटर दुरीमा छ। रिसोर्टमा स्ट्याण्डर्ड, डिलक्स र डिलक्स प्रिमियम लगायत तीन प्रकारका प्राइभेट बाल्कोनीसहितका ६८ कोठा छन्। रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुजी, अन्तर्राष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हल लगायतका सेवा सुविधा छ। हरेक कोठाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन सहजै गर्न सकिने रिसोर्टले जनाएको छ। सुरुमा होटलमा ४० वटा कोठा मात्र थियो ।

विहानी सूर्य उदाँएको व हिमालय पर्वतको मनोरम दृश्य नियाल्न सकिने यस होटलले कोरोना महामारीका बेला पनि उच्च सुरक्षा सतर्कता अपनाएर ग्राहकलाई सेवा दिइरहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x