Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

मलाई असफल बनाउन लागिपरेकाहरुले खोप कार्ड दुरुपयोगको नाटक रचे : उपाध्यक्ष शर्मा

मलाई असफल बनाउन लागिपरेकाहरुले खोप कार्ड दुरुपयोगको नाटक रचे : उपाध्यक्ष शर्मा

काठमाडौं,१२ जेठ । ठमेल पर्यटन विकास परिषद्का तृतीय उपाध्यक्ष भबिश्वर शर्माले कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन कार्डको दुरुपयोगमा आफ्नो सम्लग्नता रहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको प्रष्ट्याएका छन। विगत लामो समयदेखि आफूले गर्दै आएको कामलाई असफल पार्न लागिरहेका व्यक्तिले बदनाम गराउन खोप सम्वन्धि भ्रमपुर्ण समाचार प्रकाशन गर्न लगाएको उनले बताएका छन् ।

समाचार लेख्दा सम्वन्धित पक्षको भनाई अनिवार्य हुनुपर्ने पत्रकारिताको न्यूनतम मूल्य मान्यता समेत विर्सिएर केही मिडियाहरुले कसैको प्रभावमा परेर आफुबारे गलत समाचार संप्रेषित गरेको प्रष्ट पारेका छन । आज एक विज्ञप्ती जारी गर्दै उनले पित पत्रकारिताको रुपमा प्रकाशित उक्त सामाग्रीप्रति कानूनी कारबाहीका लागि सम्वन्धित निकाय प्रेस काउन्सिलमा उजुरी दर्ता गरिसकेको बताए।

समाचारमा आरोप लगाइए जस्तो आफूले पहुँचका आधारमा खोप कार्ड बितरण नगरेको र भविष्यमा पनि त्यस्तो काम गर्नेबारे सोच्न पनि नसक्ने भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गरे ।

कोरोनाबाट समस्यामा परेका ठमेलका घरधनी र व्यवसायीहरुलाई थोरै भएपनि राहत पुर्याउन भनेर दिनरात लागिरहेको बेला गुण्डागर्दी शैलीमा पटक-पटक धाकधम्की दिएर तर्साउन खोजिएको पनि शर्माले बताए । परिषदका उपाध्यक्ष शर्माकै पहलमा जेठ १ गतेदेखि ११ गतेसम्म ठमेल क्षेत्रका व्यवसायी तथा घरधनीहरुले कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएका छन् ।

तर उक्त खोप लगाउन खोप कार्डको किर्ते गरिएको र सो कार्यमा शर्माको संलग्नता रहेको आरोप लगाउदै हिजो एक अनलाइनमा समाचार प्रकाशित भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x